शिवमायाको विपक्षमा उभिए देव गुरुङ, बार्गेनिङ नगर्न आग्रह

२८ पौष, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले उपसभामुखको हैसियतामा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्वार बन्न नपाउने बताएका छन् ।

Advertisement

सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बेल्दै नेता गुरुङले उपसभामुख पदमा रहेर सभामुखको उम्मेद्वारी दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको दावी गरेका हुन् । उनले उम्मेद्वार बन्नका लागि उपसभामुखबाट अनिवार्य राजीनामा दिनुपर्ने बताउँदै पछिल्लो समय विकास भइरहेको घटनाक्रममले संवैधानिक संकट आउनसक्ने बताए । उनले संवैधानिक रुपमा सभामुखमा उम्मेद्वारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेद्वार तय नगरेको समेत बताए ।

नेता गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिक अधिकार उपसभामुखसँग नभएको समेत बताए । उनले व्यक्तिगत इच्छा, आकांक्षा पुरा गर्नका लागि संसद अवरुद्ध गर्न नहुने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top