दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(अर्थहीन मलमपट्टी)
नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका दिलीप महतोको परिवारलाई प्रदेश २ सरकारले राहतस्वरुप पाँच लाख रुपैयाँ दिने / महतोको हत्यामा संलग्नलाई कडा कारबाही गर्न प्रदेश सरकारले पहल गरिरहेको उल्लेख ।

२.(स्वामीका रुप)
शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारी पक्राउ /विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएको तर, विदेश नपठाएको भन्दै ४ जना शिष्यद्वारा भण्डारीविरुद्ध उजुरी ।

३.(सभामुखको रडाको)
उपसभामुखको हैसियतामा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्वार बन्न नपाउने नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको भनाई /संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिक अधिकार उपसभामुखसँग नभएको दाबी ।

४.(खोई नाम ?)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सहमति नजुट्दा प्रदेशसभा गठन भएको दुई वर्ष पुग्न लाग्दासमेत प्रदेश १ ले नाम पाउन सकेन /प्रदेशको नाम हिउँदे अधिवेशनबाट सहमतिमै टुंग्याउने मुख्यमन्त्री शेरधन राईको दाबी ।

५.(दिन कटाउने मेलो)
प्रदेश २ को प्रदेशसभा बैठक बस्दै नबसी अनिश्चितकालका लागि स्थगित /बैठक अनिश्चित भएसँगै दर्ता गरिएका विधेयकउपरको छलफल र प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव समेत अन्योलमा ।

६.(मन्त्रीको फुर्ती)
राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुद्वारा स्पष्टिकरण लिन माग /मन्त्रीहरुलाई समिति बैठकमा बोलाउँदा पनि समय नदिने गरेको उल्लेख ।

७.(कुरा होइन काम)
सरकारले मानव अधिकार हनन् हुनेगरि कुनैपनि विधेयक नल्याएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाई / मानव अधिकारका सिद्धान्त, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने मनसाय सरकारको नभएको दाबी ।

८.(अधिकारको आवाज)
सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको चेतावनी /समितिमा संशोधन भएका केही बुँदाहरु राम्रा भएपनि केही बुँदाहरुमा सजाय थपको व्यवस्था भएकोप्रति आपत्ति ।

९.(भाटभटेनीको कर्तुत)
भाटभटेनी लगायतका आधा दर्जन कम्पनीहरुले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको ठहर गर्दै राजस्व न्यायाधीकरणबाट भएको फैसला सर्वोच्च अदालतद्वारा सदर /कम्पनीहरुले नक्कली भ्याट बिल प्रयोग नगरेको भन्ने दाबीलाई अस्विकार ।

१०.(रंगशालाका लागि महायज्ञ)
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आर्थिक सहयोग जुटाउन चितवनमा महायज्ञ गरिने /महायज्ञबाट ५० करोड रुपैयाँ रकम संकलन हुने धुर्मुस–सुन्तली फाउण्डेसनको अपेक्षा ।

११.(खोई के पत्याउनु ?)
मेलम्ची खानेपानी आयोजनाको सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा ÷नियमितरूपमा काम गरिरहँदा आगामी दुई महिनामा सुरुङको काम सम्पन्न हुने / वर्षा अघि नै नदीमा बाँध बाँधिने ।

१२.(राजस्वको आँखा)
रुपन्देहीको श्रुति ट्रेडर्स सञ्चालकविरूद्ध राजस्व अनुसन्धान विभागद्वारा मुद्दा दायर / भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४९ करोड ६५ लाख ९५ हजार ४८० बिगोको दोब्बर जरिवाना र तीन वर्ष सजाय माग ।

१३.(उर्जामा लगानी)
५ वर्षे व्यवसायिक योजनालाई सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको कार्यान्वयनमा जोड / योजना अन्तर्गत जलविद्युत कम्पनीमा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने ।

१४.(लिगमा तलमाथि)
सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पार्दै न्यूरोड टिम (एनआरटी)द्वारा तेस्रो जित दर्ता /च्यासल युथ क्लबविरुद्ध एपिएफ बराबरीमा रोकियो ।

र,
१५.(ह्यारीको टेनशन)
बेलायती राजकुमार ह्यारी दम्पतिको राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुने घोषणाका विषयमा बेलायती राजपरिवारमा सामूहिक छलफल /ह्यारी दम्पतिको घोषणाका कारण राजपरिवारमा खैलाबैला ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top