सभामुखको विषय मिलाउन नसके कांग्रेसलाई दिनुस्ः देउवा

१ माघ ७६, बुधबार
Share this
783shares

१ माघ, विराटनगर।
सभामुखको उम्मेदवार चयनमा नेकपाभित्र झगडा भए आफ्नो पार्टीलाई दिन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्।

Advertisement

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले यस्तो बताएका हुन्। उनले संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरेका छन्।

‘नेकपाले सभामुखको विषयलाई लिएर संसद चल्न दिएको छैन्, उनीहरुले मिलाउन नसके हामिलाई दिए हुन्छ’ देउवाले भने ‘यसरी एउटा विषयलाई लिएर संसद बन्धक बनाउने काम नहोस्।’

Advertisement

नेकपाको विवादका कारण संसद सञ्चालन नहुँदा महत्वपुर्ण विषयको निर्णय ढिला हुने र देशलाई हेर्ने विश्वको दृष्टिकोणमा नकरात्मक प्रभाव पर्ने देउवाले बताए।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायताका विषयमा बोल्दै देउवाले कांग्रेसले अनुमोदन गर्ने भनेर पास गरिसकेको बताउँदै संसदमा अनुमोदन गर्न आग्रह पनि गरे। ‘नेपालको विकासमा अमेरिकाले साथ दिन खोजेको छ, यो विषयलाई अनुमोदन गरेर जानुपर्छ,’ देउवाले भने ‘यस्तो विषयमा खुट्टा कमाएर हुन्छ र?’

Advertisement

कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुने उनले दाबी गरे। असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग वार्ता भइसकेको भन्दै उनले भने ‘महाधिवेशन समयमा हुनेमा अब आशंका छैन्।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top