ट्यांकरको ठक्करबाट एकको मृत्यु

ट्यांकरको ठक्करबाट एकको मृत्यु

२ माघ, चितवन ।
चितवनमा बुधबार राति ट्यांकरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्यांकरले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मृतको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.