झापाबाट ब्राउन सुगरसहित २ जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित २ जना पक्राउ

३ माघ, झापा । झापाको कन्काई नगरपालिका ३ सुरुङगाबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले सुरुङगाकै एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

होटलमा बसेका मोरङको उर्लावारी नगरपालिका १ का २५ बर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका ३ का ३९ बर्षीय राजनप्रसाद उप्रेतीलाई ३५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.