४ माघ, काठमाडौँ ।
राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न राष्ट्रिय जनता पार्टी (राजपा)ले हृवीप जारी गरेको छ ।शनिबार राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हृवीप जारी गरेका हुन् ।
राजपाले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी तालमेल गरेको छ ।प्रदेश २ मा राजपाका २५ जना प्रदेश सांसद र स्थानीय तहका ४४ गरी ६९ जना मतदाता छन् ।
राजपाले अन्य समूहमा मृगेन्द्रकुमार सिंह र अल्पसंख्यकमा शेखरकुमार सिंह तथा नेकपाले महिलामा तुलासा दाहाल र दलितबाट राधेश्याम पासपानलाई उम्मेदवार बनाएको छ ।