बैंकहरुले सहुलियतपूर्ण कर्जा नदिए राष्ट्र बैंकले कारबाही गर्ने

७ माघ ७६, बुधबार

७ माघ, काठमाडौँ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह नबढाए राष्ट्र बैंकले कारबाही गर्ने बताएका छन् । मंगलबार कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले आउने असार मसान्त सम्ममा कृषि कर्जा बाहेक तोकिएका अन्य कर्जामा प्रत्येक बैंकले कम्तीमा पनि ५ सय जनालाई सहुलियत ब्यजादरको कर्जा उपलब्ध नगराए आर्थिक जरिवाना गर्ने नीति लागू गर्ने विषयमा राष्ट्र बैंकमा छलफल भइरहेको बताए ।

उनले कृषि विकास बैंक सरकारको बैंक भएर पनि सरकारका नीतिहरु पालना नगरेको आरोप समेत लगाए । उनले कृषि विकास बैंक भएकाले पनि सहुलियत कर्जा ५ अर्ब मात्र दिएका छौं भन्न नहुने बताए । कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले देशको गरिबी निवारणमा महत्वपूर्ण भूमिका बैंकले खेलेको बताए । उनले सर्वसाधारणलाई बैंकिङ पहुँचमा ल्याउन बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताए । उनले १० लाख भन्दा कमको कर्जाको भार ८४ प्रतिशत हुनुले यसलाई पुष्टि गर्ने बताए ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कृषि विकास बैंकले व्यवसाय विस्तारमा गरेको उपलब्धी र उत्कृष्ट वाणिज्य बैंकहरुमध्ये तेस्रो हुन सफल भएको भन्दै प्रशंसा गरे । उनले निजी क्षेत्रका वाणिज्य बैंकका कर्मचारीहरुले जस्तै नाफाको १० प्रतिशत बोनस खान पाए अझै राम्रो हुने बताए ।

कृषि विकास बैंकले अहिले सम्म १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ खर्ब १७ अर्ब पु¥याएको छ । बैंकले कुल कर्जाको ८४ प्रतिशत १० लाख भन्दा कमको साना तथा मझौला कर्जा रहेको जनाएको छ । त्यस्तै बैंकले सात वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एडिबिएल–कृषि बैंक ऋणपत्र २०८३’ निष्कासन गर्ने तयारी समेत गरेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top