९ माघ, काठमाडौँ ।
एक वर्षको अवधिमा मुलुकमा सुशासनको अवस्था तुलनात्मक रुपमा सुध्रिएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको देखाएको छ ।
नेपालले पाएको अंक गत वर्षभन्दा ३ अंक बढी हो । गत वर्ष ३१ अंक पाएको नेपाल अहिले ३४ अंक पाएको छ ।बिहीबार सार्वजनिक भएको प्रतिवेदनले मुलुकमा भ्रष्टाचारको नियन्त्रणको प्रयास सुधारोन्मुख भए पनि आशाअनुसारको प्रतिफल नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको विश्लेषण छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार, तर सुशासन हुने मुलुकहरुको वरीयताक्रममा १२२औं स्थानबाट ११३ औं स्थानमा उक्लिएको छ । गत वर्ष ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रतिवेदन सार्वजनिक गर्दा स्थानीय सरकार गठन भएर कामकारबाही सुरु मात्रै गरेका थिए ।
अघिल्लो वर्षको तुलनामा नेपालले राम्रो सुधार गरेको हो गत वर्षको तुलनामा नेपालले एउटा बाहेक सबैजसो क्षेत्रमा बढी अंक पाएको छ । आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुसखोरीको विषयमा स्थिति सुधार भएको छ ।