×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

ऊर्जामन्त्रीको पदबहाली : ऊर्जा क्षेत्रको उन्नयनका लागि सबै उपाय अबलम्बन गरिने

३ चैत्र २०७४

काठमाडौँ- नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रालयमा पद वहाली गर्दै आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रको उन्नयनका लागि सबै उपाय अबलम्बन गरिने प्रतिवद्धता व्यक्त गरेका छन्  ।

विगतका सरकार र मन्त्रीले अगाडि सारेको सकारात्मक कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्ने र काम गर्ने वातावरण बनाउने उनको  भनाइ थियो । “विगतमा धेरै राम्रा कार्ययोजना बनेका छन् । अस्थिर राजनीतिक प्रणालीका कारण ती कार्ययोजना कार्यन्वयन हुन सकेनन् । अब हामी पाँच वर्ष स्थिर सरकार दिने लक्ष्यका साथ आएका छौँ”–नवनियुक्त ऊर्जामन्त्री पुनले भने  ।
ऊर्जा मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनामा रहेको ढिलासुस्ती र अनियमिततालाई नियन्त्रण गर्ने समेत उनको कथन थियो । माथिल्लो तामाकोशी आयोजनालाई समयमै सम्पन्न गरिने, सिँचाइ आयोजनाका रुपमा रहेका रानी जमरा, कुलरिया, सिक्टा जस्ता आयोजनाको निर्माण कार्यलाई गति दिने र समयमै सम्पन्न गर्ने मन्त्री पुनले स्पष्ट पारे ।

Advertisement
Advertisement

नवनियुक्त मन्त्री पुनले बिएलसम्म अध्ययन गरेका छन  । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका  मन्त्री पुन अप्ठ्यारोमा काम गर्न सक्ने क्षमता भएका नेताका रुपमा परिचित छन् ।

विगतमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर पनि बजेट ल्याउन नपाएको भन्दै उनले  यस पटक इतिहास राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे  । मन्त्री पुनले भेरी नदीमा निर्माण हुने भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको जग्गा प्राप्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने निर्णयमा हस्ताक्षर गरे  ।

Advertisement
Advertisement

सो अवसरमा ऊर्जा, सिँचाइ र जल तथा ऊर्जा आयोगका सचिवहरुले आ–आफ्नो कार्यक्षेत्रको विषयमा मन्त्री पुनलाई जानकारी गराएक थिए  ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top