आयल निगममा २२ पदकालागि ४८ जना कर्मचारी माग

९ माघ ७६, शुक्रबार

१० माघ, काठमाडौं ।
नेपाल आयल निगमले विभिन्न २२ पदमा ४८ जना कर्मचारी माग गरेको छ।

निगमले लोकसेवामार्फत रिक्त रहेको पदपूर्तिको लागि शुक्रबार एक सूचना जारी गरी कर्मचारी माग गरेको हो। निगमले प्राबिधिक तथा अप्राविधिक दुबै तर्फका लागि कर्मचारी माग गरेको छ। प्रशासन, लेखा, ल्याब, इन्जिनियरिङ र विविध समुह तर्फ कर्मचारी माग गरेको हो।

निगमले खुला, महिला, मधेशी, पिछडिएको क्षेत्र, दलित र जनजाति कोटामा बिज्ञापन गरेको छ।

Advertisement

निगमले पाँचौं तह वरिष्ठ सहायकदेखि प्रबन्धक आठौं तहसम्मको बिज्ञापन गरेको छ। खुलातर्फ १९ जना, मधेशी ६ जना, महिला १५ जना, पिछडिएको क्षेत्रका २, आदिबासी जनजाती तर्फ ४ जना, दलित समुदायका २ जना गरी जम्मा ४८ जना कर्मचारीमाग गरेको हो।

आठौं सातौं र छैठौं तहको लागि १ हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ भने पाचौं तहकालागि ४ सय चौंथो तहको ३ सय र तहबिहीनका लागि २ सय दस्तुर तोकिएको निगमले जनाएको छ। समावेसीतर्फ भने थप शुल्क लाग्ने बताइएको छ। आगामी २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको मितिले ७ दिन भित्र दरखास्त दिन सकिने निगमले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top