आजका प्रमुख खबरहरुः
१.(अग्नि निर्विरोध)
प्रतिनिधिसभाको सभामुख पदमा सत्तारूढ नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्वाचित / नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेसंगै सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा ।
२.(सापकोटाको सुनुवाई)
सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ स्थगित । मुद्दाको सुनुवाइ सोमबार हुने । सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधिश हरि फुँयालले हेर्न नमिल्ने ।
३.(मिनेन्द्रको कटाक्ष)
उपसभामुख पदका लागि कमण्डलु लिएर संसदमा प्रस्तुत नहुने भन्दै संविधानको कार्यान्वयन गर्न सत्तापक्षलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा सचेत /कांग्रेसले उपसभामुख पदका लागि वार्गेनिङ नगरेको मिनेन्द्र रिजालको प्रष्टोक्ति ।
४.(डकैतीका तरीका)
विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जना काठमाडौंबाट पक्राउ /अलौकिक चिजवस्तुहरु आफुसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाट गर्ने गरेको फेला ।
५.(पत्याउने कि नपत्याउने ?)
अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाको स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको स्पष्टीकरण / आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको दाबी ।
६.(एम्बुलेन्समा गाजा)
हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६ सय ग्राम गाँजासहित रौतहटको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्स प्रहरीद्वारा नियन्त्रण /एम्बुलेन्सबाट ९१ हजार रूपैयाँसहित तीन जना पक्राउ /पक्राउ परेकाहरुमाथि अनुसन्भान जारी ।
७.(एमसीसीविरुद्ध आन्दोलन)
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध माघ २४ बाट जनमोर्चालगायतले संयुक्त संघर्ष गर्ने /भारतले नेपाली भूमि अतिक्रमण गरेको तथा अमेरिकाले हिन्द प्रशान्त रणनीतिअन्तर्गत सम्झौता अगाडि बढाएको निष्कर्ष ।
८.(मानवअधिकारका सवाल)
मानवअधिकार आयोगका अधिकारहरु सरकारले संकुचन गर्न नहुने कांग्रेस सांसद बालकृष्ण खाँडको भनाई / आयोगले दिएको प्रतिवेदन र गरेका सिफारिसहरु कार्यान्वयनको जिम्मा तीन वटै तहका सरकारको भएको उल्लेख ।
९.(कुष्ठरोगी बढे)
आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार २ सय ८२ जना नयाँ कुष्ठरोगका विरामी फेला /तराई लगायतविभिन्न १७ जिल्लाहरुमा कुष्ठरोगको प्रकोपदर १ भन्दा बढी रहेको तथ्याङ सार्वजनिक ।
१०.(गुन तिरेको)
७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासद्वारा नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग / १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ सहयोग ।
११.(जनताको सुनौं)
रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजनाको काम अन्तिम चरणमा / आयोजना निर्माणका क्रममा कम्पनीले त्यस क्षेत्रका समस्या र स्थानीयहरुको मागलाई बेवास्ता गरेको स्थानीयहरुको गुनासो ।
१२.(आन्तरिक राजश्वको भर)
सरकार भन्सार राजश्वमा केन्द्रित नभएकोले अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रह /मुलुक आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित राजश्व प्रणालीमा गइसकेको उल्लेख ।
१३.(प्रविधीमैत्री भन्सार)
मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक / नेपाली भन्सार कुनै विकसित देशको भन्दा कम नभएको भन्दै अब भन्सार हरेक नेपालीको गोजीमा पुगेको महानिर्देशक सुमन दाहालको दाबी ।
१४.(सन्दिपको माग)
माघ २२ देखि काठमाडौमा हुने ओमान र त्रिकोणात्मक ओडीआई सिरिजको लागि बिग ब्यास लिग छाडेर सन्दीप लामिछाने आज नेपाल फर्किदै/सन्दीप नेपाल फर्किदा मेलबर्न स्टार्स कमजोर सावित हुन सक्ने ।
र,
१५.(महामारी बन्दै कोरोना)
अत्यन्तै खतरनाक प्रकारको नयाँ भाइरसको प्रकोप चीनभर फैलिरहेको चिनियाँ राष्ट्रपति सी चिनफिनको चेतावनी /नोवल कोरोनाभाइरसका कारण हालसम्म चीनमा ५६ जनाको मृत्यु, २ हजार बढी संक्रमित।