×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(अग्नि निर्विरोध)
प्रतिनिधिसभाको सभामुख पदमा सत्तारूढ नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्वाचित / नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेसंगै सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा ।

Advertisement
Advertisement

२.(सापकोटाको सुनुवाई)
सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ स्थगित । मुद्दाको सुनुवाइ सोमबार हुने । सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधिश हरि फुँयालले हेर्न नमिल्ने ।

३.(मिनेन्द्रको कटाक्ष)
उपसभामुख पदका लागि कमण्डलु लिएर संसदमा प्रस्तुत नहुने भन्दै संविधानको कार्यान्वयन गर्न सत्तापक्षलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा सचेत /कांग्रेसले उपसभामुख पदका लागि वार्गेनिङ नगरेको मिनेन्द्र रिजालको प्रष्टोक्ति ।

४.(डकैतीका तरीका)
विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जना काठमाडौंबाट पक्राउ /अलौकिक चिजवस्तुहरु आफुसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाट गर्ने गरेको फेला ।

५.(पत्याउने कि नपत्याउने ?)
अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाको स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको स्पष्टीकरण / आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको दाबी ।

६.(एम्बुलेन्समा गाजा)
हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६ सय ग्राम गाँजासहित रौतहटको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्स प्रहरीद्वारा नियन्त्रण /एम्बुलेन्सबाट ९१ हजार रूपैयाँसहित तीन जना पक्राउ /पक्राउ परेकाहरुमाथि अनुसन्भान जारी ।

७.(एमसीसीविरुद्ध आन्दोलन)
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध माघ २४ बाट जनमोर्चालगायतले संयुक्त संघर्ष गर्ने /भारतले नेपाली भूमि अतिक्रमण गरेको तथा अमेरिकाले हिन्द प्रशान्त रणनीतिअन्तर्गत सम्झौता अगाडि बढाएको निष्कर्ष ।

८.(मानवअधिकारका सवाल)
मानवअधिकार आयोगका अधिकारहरु सरकारले संकुचन गर्न नहुने कांग्रेस सांसद बालकृष्ण खाँडको भनाई / आयोगले दिएको प्रतिवेदन र गरेका सिफारिसहरु कार्यान्वयनको जिम्मा तीन वटै तहका सरकारको भएको उल्लेख ।

९.(कुष्ठरोगी बढे)
आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार २ सय ८२ जना नयाँ कुष्ठरोगका विरामी फेला /तराई लगायतविभिन्न १७ जिल्लाहरुमा कुष्ठरोगको प्रकोपदर १ भन्दा बढी रहेको तथ्याङ सार्वजनिक ।

१०.(गुन तिरेको)
७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासद्वारा नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग / १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ सहयोग ।

११.(जनताको सुनौं)
रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजनाको काम अन्तिम चरणमा / आयोजना निर्माणका क्रममा कम्पनीले त्यस क्षेत्रका समस्या र स्थानीयहरुको मागलाई बेवास्ता गरेको स्थानीयहरुको गुनासो ।

१२.(आन्तरिक राजश्वको भर)
सरकार भन्सार राजश्वमा केन्द्रित नभएकोले अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रह /मुलुक आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित राजश्व प्रणालीमा गइसकेको उल्लेख ।

१३.(प्रविधीमैत्री भन्सार)
मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक / नेपाली भन्सार कुनै विकसित देशको भन्दा कम नभएको भन्दै अब भन्सार हरेक नेपालीको गोजीमा पुगेको महानिर्देशक सुमन दाहालको दाबी ।

४.(सन्दिपको माग)
माघ २२ देखि काठमाडौमा हुने ओमान र त्रिकोणात्मक ओडीआई सिरिजको लागि बिग ब्यास लिग छाडेर सन्दीप लामिछाने आज नेपाल फर्किदै/सन्दीप नेपाल फर्किदा मेलबर्न स्टार्स कमजोर सावित हुन सक्ने ।

Advertisement

र,
१५.(महामारी बन्दै कोरोना)
अत्यन्तै खतरनाक प्रकारको नयाँ भाइरसको प्रकोप चीनभर फैलिरहेको चिनियाँ राष्ट्रपति सी चिनफिनको चेतावनी /नोवल कोरोनाभाइरसका कारण हालसम्म चीनमा ५६ जनाको मृत्यु, २ हजार बढी संक्रमित।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top