छिट्टै उपसभामुखबारे निर्णय हुन्छ : प्रधानमन्त्री ओली

छिट्टै उपसभामुखबारे निर्णय हुन्छ : प्रधानमन्त्री ओली

१२ माघ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको उपसभामुखबारे छिट्टै निर्णय हुने बताएका छन् ।

आइतबार सांसद अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भइसकेपछि उपसभामुखबारे अब के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले छिट्टै निर्णय हुने बताएका हुन् । उनले भने, ‘छिट्टै निर्णय हुन्छ ।’

भएका छन् । तर उपसभामुखको पद भने खाली छ । सभामुख र उपसभामुख फरक फरक दलको र फरक फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपाले सभामुख लिएका कारण अर्को दललाई उपसभामुख दिनुपर्ने हुन्छ । नेकपाले जसलाई समर्थन गर्छ उसैले उपसभामुख पाउने अवस्था छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.