सिराहमा आगलागी हुँदा ४० लाखको क्षति

२ चैत ७४, शनिबार

सिराह, चैत्र २
सिरहा नगरपालिकामा शुक्रबार दिउँसो आगलागी हुदा एक घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । सिरहा नगरपालिका वडा ८ मा आगलागी बाट ४० लाख मुल्य बराबरको क्षती भएको छ । शुक्रवार दिउँसो बिधुतिय सट सर्किट भएर आगलगी हुँदा स्थानिय किशुन यादवको घर जलेर नष्ट भएको स्थानियले बताएका छन ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाकुडा, सुन चाँदिका गहनाहरु र नगद सहित गरि करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । आगलागी भएपछि स्थानिय र बारुण यन्त्रणको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीको खबर पाउना साथ नेपाल रेडक्रस सोसाईटी सिराहले राहत वितरण गरेको छ । आगलागि पिडितलाई संयुक्त रुपमा विजय यादव, रामकुमार यादव, संजय यादव, रामपुकार र महेन्द्र साहले राहत स्वरुप आर्थिक सहयोग गरेका लछनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top