फोन टावरमा आगजनी

फोन टावरमा आगजनी

१३ माघ, बुटवल ।
गुल्मी र पाल्पामा फोनका टावरमा आगजनी भएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा रहेको टावरमा गएराति आगजनी भएको हो । करिब पाँच वर्षदेखि धुर्कोटकोट नजिकै स्थानीय कमल थापाको बारीमा स्मार्ट फोनको टावर संचालन भएको वडाध्यक्ष कृष्ण बहादुर नेपालीले बताए ।

घटनास्थलमा वस्तु प्रहरीचौकीबाट असई लोकमान ताम्राकारको टोली पुगिसकेको छ । ताम्राकारका अनुसार राती करिब ११ बजे आगो लागेको हो । टावरको ओडिबक्स पूर्ण रुपमा जलेकाले स्मार्ट फोनको नेटवर्क पूर्णरुपमा अवरुद्ध भएको छ ।

घटनाका विषयमा प्रहरी प्रशासनलाई जानकारी भइसकेकोले कसले आगो लगाएको हो भन्ने विषयमा थप अनुसन्धान अगाडि बढ्ने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । कोटमा अन्य संचार माध्यमका टावर तथा संचार उपकरण भएपनि कुनै क्षति नभएको पोख्रेलले बताए ।

यस्तै पाल्पाको बगनासकाली गाउँपालिका ९, बगनासमा रहेको एनसेल टावरमा आगजनी भएको छ । आइतबार बेलुकी ९ः४५ को समयमा बगनासको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताए । आगजनीका कारण टावर पूर्ण रुपमा जलेर ध्वस्त भएको छ ।

आगजनीको कारण टावरको जेनेरेटर, विटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्ससहित तार पूर्णरुपमा जलेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.