विप्लव समूहका दुई नेता पक्राउ

विप्लव समूहका दुई नेता पक्राउ

१४ माघ, रौतहट ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व प्रतिबन्धित नेकपा रौटहटका जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट गत राति दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला सदस्य दुर्गा बल रहेको रौतहट जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.