१४ माघ, रुपन्देही ।
बाक्लो हुस्सुका कारण रुपन्देहीमा आज सवारी दुर्घटना भएको छ ।
दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । भैरहवा–भुमही सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी गाँउपालिका–४ मा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जसमा २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको टाफ्रिक प्रहरी कार्यालय बुटवल एस पी मघुसुदन लुईटेलले बताए ।
दुर्घटनामा मृत्यु नवलपरासीको पालीनन्दन गाउँपालिका अन्दाजी ३० बर्षिय लालु कुर्मि, सोही ठाउँमा अन्दाजी ३० बर्षका मोभीकन कुर्मी र सुनसरीको चतेराबस्ने अन्दाजी ३५ बर्षिय पुर्ण बहादुर भुजेल रहेका छन् । ट्रकमा १३ जना सवार थिए ।
घाइतेहरुलाई उपचारका लागि भैरहवामा रहेको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ । सडकमा कुहिरो लागेका कारण नजिकैको दृश्य समेत नदेखिने अवस्थामा ती ट्रकहरु आपसमा ठोक्किएका थिए ।