शेयर बजारमा नेप्से बढेपनि सेन्सेटिभ परिसूचक घट्यो

१३ माघ ७६, मंगलबार

१४ माघ, काठमाडौं ।
शेयर बजारमा नेप्से परिसूचक बढेपनि सेन्सेटिभ परिसूचक घटेको छ ।

कारोबार रकम १ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको छ । बजारमा लगानीकर्ताको मनोवल परिवर्तन भइरहदा परिसूचकमा उतारचढाव देखिएको छ । तर बजार बुलिस ट्रेण्डमा रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको विश्लेषकको भनाई छ । मंगलबार नेप्से परिसूचक बढेको छ तर सेन्सेटिभ परिसूचक घटेको छ ।

यसको अर्थ नेप्सेले ‘क’ वर्गमा राखेका कम्पनीहरुको भन्दा अन्य कम्पनीहरुको प्रभाव बजारमा सकारात्मक देखिएको छ भन्ने हो । लगानीकर्ताको आकर्षण कम मूल्य भएका शेयरमा हुँदा बजारमा उतारचढाव देखिएको विश्लेषकहरुको भनाई छ ।

त्यस्तै अधिकांश कम्पनीले लाभांश वितरण गरिसकेकाले पनि बजारमा ठुलो उतारचढाव नदेखिएको विश्लेषण गर्न सकिन्छ । त्यस्तै बैंकको ब्याजदर तल झरेकाले बजारलाई टेवा पु¥याएको छ । त्यस्तै नेपाल राष्ट्र बैंकले सवारीसाधन तथा घरजग्गा कर्जामा केही कडाई गरेकाले पनि बजार माथि आएको विश्लेषण गरिएको छ ।

तर शेयर विश्लेषक विष्णुप्रसाद बस्यालले ब्याजदर र कर्जाको विषयले अल्पकालमा असर गरेपनि लगानीकर्ताले दिर्घकालमा यसको असर कस्तो पर्छ भन्ने हेरिरहेको बताए । उनले अर्थतन्त्रका सूचकहरुहरु सकारात्मक हुँदै गएकाले बजारमा सकारात्मक असर परेको बताए ।

त्यस्तै सरकारका नीतिहरु पनि आइसकेको र अवको एक वर्ष पछिको अर्थतन्त्रको अवस्थालाई हेरेर लगानीकर्ताले कारोबार गरिरहेकाले नेप्से बढेको र केही वर्ष बढ्दो अवस्थामा नै नेप्से रहने उनले बताए ।

शेयर विश्लेषक बस्यालले शेयर बजारको इतिहासमा ४० देखि ४३ महिनाको घट्दो बजार हुँदा ५० देखि ५२ महिना बढ्दो बजारको अवस्था रहेको देखिएको बताए । बजारको इतिहास दोहोरिन्छ भन्ने मान्यता अनुसार यसपटक करिब ४१ महिनाको घट्दो बजारको ट्रेण्ड पुरा गरी बजारले बढ्दो ट्रेण्ड समाएको स्पस्ट भइसकेको विश्लेषक बस्यालले बताए ।

उनले अवको ५० महिनाको अवधि बढ्दो ट्रेण्डमा हुने प्राविधिक विश्लेषण गर्न सकिने अवस्था रहेको समेत दावी गरे। त्यसका लागि अर्थतन्त्रका सूचकहरुले समेत साथ दिएको उनले बताए ।

बजार बढ्दो ट्रेण्डमा देखिएपनि लगानीकर्ताहरु भने अझै ढुक्क हुन सकेका छैनन् । यसको असर नेप्से परिसूचकमा देखिएको छ । त्यसैले मंगलबार नेप्से उतारचढावका बीच ५ दशमलव ५२ अंकले बढेको छ । नेप्सेमा उतारचढाव देखिएपनि नकारात्मक भने देखिएन्। सेन्सेटिभ परिसूचक भने शुन्य दशमलव ४८ अंकले घटेको छ ।

परिसूचकहरुमा उतारचढाव देखिएपनि कारोबार रकम १ अर्ब ४० करोड ४ लाख ६७ हजार ८ सय ५ रुपैयाँ बराबरको भएको छ । कारोबारमा आएका समुह मध्ये बैंकिङ, व्यापार, होटल, जलविद्युत समुहका सूचकहरु घटेका छन् । ग्लोबल आइएमई बैंकको शेयरमा लगानीकर्ताको आकर्षण मंगलबार पनि देखिको छ ।

यो बैंकको ९ करोड ९५ लाख ८५ हजार ३ सय ६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । तर सबैभन्दा बढी शिखर इन्स्योरेन्सका शेयरधनीले ८ प्रतिशतले कमाएका छन् । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले भने सबैभन्दा बढी ४ दशमलव ३५ प्रतिशतले गुमाएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top