रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच गोली हानाहान

१४ माघ ७६, बुधबार

१५ माघ, रौतहट ।
रौतहटमा प्रहरी र भारतीय अपराधिक समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्।

Advertisement

गएराती इशनाथ नगरपालिका १ बन्जरा स्थित नेपाल भारत सीमासंग जोडिएको बकैया नदिको बाँधमा भारतीय अपराधी र प्रहरीबिच गोली हानाहान हुँदा भारत मोतिहारी जतौलिया ग्राम पन्चायतका वडा नं ४ का शेख चाँद अली घाइते भएका हुन्। उनको दाहिने खुट्टामा गोली लागेको रौतहत प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए।

राति बाह्रबजेको समयमा प्रहरी गस्ति टोली र अपराधी समूहबीच जम्काभेट हुँदा अपराधी समूहको तर्फबाट गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा चलाएको गोली शेख चाँदको खुट्टामा गोली लागेको हो।

Advertisement

समूहले एक राउण्ड गोली चलाउँदा प्रहरीले चार राउन्ड गोली चलाएको थियो। प्रहरीले उक्त समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ। पक्राउ परेका अलीले एक महिना अगाडि रौटहटको राजपुर नगरपालिकाको इँटाभट्टा र स्नाथ नगरपालिकामा बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top