तनावग्रस्त वीरेन्द्रनगर सामान्य बन्दै

तनावग्रस्त वीरेन्द्रनगर सामान्य बन्दै

१५ माघ, वीरेन्द्रनगर । टिप्परको ठक्करबाट कालिकोट महाबै गाउँपालिकाका केशर सिंहको मङ्गलबार ज्यान गएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर सामान्य बन्दै गएको छ ।

बिहानदेखि वीरेन्द्रनगर बजार सहज बन्दै गएको बताउँदै पीडित पक्षसँग वार्ता भैरहेको बताए । उनले बुधबार मृतकका बुवा सुर्खेत आउने र शवको पोेष्टमार्टमको प्रक्रिया अघि बढाउने प्रमुुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

पीडित पक्षले बुधबार नै जाहेरी दिने पनि उहाँले बताउनु भयो । टिप्पर चालकलाई कडा कारबाही गरिनुुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने पीडितको माग छ । टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि मङ्गलबार दिनभर बजार बन्द भएको थियो । प्रदर्शनले उग्र रुप लिएपछि प्रशासनले मङ्गलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएको थियो ।

आन्दोलनका क्रममा वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका सार्वजनिक ठाउँहरुमा तोडफोड समेत भएको छ । आन्दोलनका क्रममा गोली लागेर पाँच जना घाइते भएका छन् भने आन्दोलनकारीले ढुङ्गामुढा गर्दा २२ जना प्रहरी पनि घाइते भएका छन् ।

मृत्तकका आफन्त तथा महाबै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले आफूहरुले राखेका माग पूरा नभए फेरि शान्तिपूर्ण आन्दोलन गर्ने बताए । उनले चालकलाई हदैसम्म कारबाही गरिनुपर्ने, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिनुपर्ने र बजार क्षेत्रमा मालवाहक गाडी चल्न दिन नहुुने माग राखिएको बताए ।

उनले मङ्गलबार भएको आन्दोनलमा चलखेल भएको भन्दैै अब माग पूरा गराउन शान्तिपूर्ण आन्दोलन गर्ने बताए । उनले अबको आन्दोलन शान्तिपूर्ण हुुने भएकाले बजार खोल्न पनि आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.