राष्ट्रपतिद्वारा पुष्पलाल, बीपी, गणेशमान र मनमोहनको प्रतिमा अनावरण

१४ माघ ७६, बुधबार

१५ माघ, हेटौँडा । हेटौँडाको शहीद स्मारकमा मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमा अनावरण गरेकी हुन् । स्मारकमा विभिन्न कालखण्डमा शहीद भएका १२ जनाको एउटै ढुङ्गामा कुँदिएको मुखाकृत स्तम्भ र जननेता मदन भण्डारीको प्रतिमामा पनि उनले माल्यापर्ण गरिन् । शहीद सप्ताहको सातौँ कार्यक्रम अन्तर्गत मङ्गलबार प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको प्रतिमाको अनावारण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी हेटौँडा पुगेकी थिइन् ।

कार्यक्रमकै अवसरमा राष्ट्रपति भण्डारीले हेटौँडामा पर्यटन प्रवद्र्धन गर्न भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताइन् । उनले हेटौँडाको शहीद स्मारक सबैको साझा थलोका रुपमा विकास भएको भन्दै खुशी व्यक्त गरिन् । स्मारकको थप सुधार गर्नका लागि उनले शुभकामना समेत व्यक्त गरिन् ।

शहीद स्मारक विकास समितिले झण्डै डेढ करोड रुपैयाँ खर्च गरेर शालिक निर्माण गरको जनाएको छ । यसअघि शहीद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण शहीदलाई एकै थलोमा स्मरण गर्न ६५ फिट अग्लो शहीद स्मृति स्तम्भ निर्माण गरिएको थियो । त्यो स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गरेकी थिइन् ।

स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र विभिन्न जनसङ्घर्षमा शहीद भएका १२ जना शहीदको एउटै ढुङ्गामा मुखाकृत कुँदिएको छ । विसं २०४६ सालको जनआन्दोलनपछि २०४७ साल साउन ७ गते उजाड डाँडोमा वृक्षारोपण गरी शहीद स्मृति बाटिका नामाकरण गरिएको थियो ।

विसं २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको शहीद स्मारक देशकै नमुना शहीद केन्द्र बन्न पुगेको छ । यहाँ बर्से्नि पाँच लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको समितिका सचिव न्यौपानेले दाबी गरे । स्मारकमा यसअघि नै नेता मदन भण्डारीको पनि प्रतिमा निर्माण भैसकेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top