सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण

१४ माघ ७६, बुधबार

१५ माघ, काठमाडौँ ।

Advertisement

सहिद सप्ताहका अवशरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ । शोभा भगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका शालिकहरुको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गरेका हुन् ।

काठमाडौं महानगरपालिका वडा १५ को संयोजनमा महानगरले १६ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ । शालिक निर्माणमा करिब १८ लाख रुपैयाँमा खर्च भएको छ । शालिक महेश तुलाधरले निर्माण गरेका हुन् । शहिदहरको शालिक अनावरण गर्दै मेयर शाक्यले उहाँहरुले गरेको योगदान आगामी पुस्तासम्म जस्ताको त्यस्तै पु¥याउन शालिक निर्माण गरिएको बताए ।

Advertisement

हामी मरेर गएपनि सहिदहरुले राष्ट्रका लागि गरेको योगदान सबैले सम्झिने भएकाले महानगरपालिकाले सप्ताहको अवशरमा शालिक निर्माण गरेको उनले बताए । मेयर शाक्यले सहिद सप्ताहको अवशरमा सहिद गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट निर्माणका लागि ३ करोडको सम्झौता गरिएको पनि बताए । शाक्यले १६ गते धर्मभक्त माथेमाको सम्झनामा वडा नम्बर २३ मा धर्मभक्त स्मृति पार्कको उद्घाटन गरिने बताएका छन् ।

Advertisement

१९९७ साल माघ १५ गते चन्द र श्रेष्ठलाई सोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । सहिद स्तम्भ तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते अनावरण गरेको हो भने शालिक चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी स्थापना गराएका हुन् । यस अघि वडा ७ सिफलमा सहिद धर्मभक्त माथेको र गएको बर्ष वडा १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्ण कदको शालिक प्रतिस्थापन गरिसकिएको छ ।

यससँगै महानगरले १९९७ सालमा प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने ४ जनै सहिदको पूर्ण कदको शालिक प्रतिस्थापन गराइसकेको छ । बैतडीमा जन्मिनुभएका दशरथ चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए । रामेछापको भंगेरीमा जन्मिएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लागेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top