शिक्षक मृत अवस्थामा फेला

शिक्षक मृत अवस्थामा फेला

१६ माघ, खोटाङ ।
खोटाङको रुपाकोट मझुवागढी घर भएका शिक्षक ३४ बर्षीय सहदेवराई मृत अवस्थामा फेला परेका छन् । मझुवागढी घरभई हाल ऐसेलुखर्क–५स्थितमा रहेको शिशु माध्यमीक विधालय महेश्वरीमा कार्यरत शिक्षक सहदेव राई आफ्नै डेराभित्र मृत अवस्थामा भेटिएका हुन् ।

राई सोही स्थानमा बस्ने युबराज राईको घरमा कोठा लिई बस्दै आएकोमा बिहीबार बिहान ९ बजेसम्म नउठेकोले सोही बिद्यालयका प्रधानध्यायपकलाई बोलाई ढोका खोली हेर्दा मृत अवस्थामा फेला परेका थिए ।

मृत अवस्थामा भेटिएपछि स्थानीयले ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा जानकारी गराएका थिए । घटनाको सम्बन्धमा कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.