×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सदनमा जीवन्त छलफलको वातावरण निर्माण गर्ने सभामुखको प्रतिवद्धता

१६ माघ २०७६

१६ माघ, काठमाडौँ ।
सभामुख अग्नि प्रसाद सापकोटाले सदनलाई कसरी जीवन्त बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको बताएका छन् । बिहीबार संसदीय मामिलामा रिपोर्टीङ गर्ने पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सदनमा जीवन्त छलफलको वातावरण निर्माण गर्ने बताएका हुन् ।

उनले भने ‘यसलाई कसरी जीवन्त बनाउने जीवन्त छलफल भयो भने छलफलको राम्रो वातावरण बनाउन सकियो भने यसले सबैलाई राम्रो गर्छ । यसले सांसदहरुको योज्ञता, क्षमतामा पनि अभिवृद्धि गर्छ त्यहाँ स्तरिय छलफल भयो भने स्तरिय रिपोर्टीङ गर्नुप¥यो त्यसका लागि अलि मेहनत गर्नुप¥यो यसले पत्रकारहरुको पनि स्तर माथि उठाउँछ ।’ त्यस्तै सभामुख सापकोटाले आफु डबल स्ट्याण्ड नहुने र पत्रकारहरुसँग सहयात्रा गर्न तयार रहेको बताए । उनले भने ‘मलाई कुनै कुरा मन नपर्ने के छ भनेर तपाई हरुले सोध्नुभयो भने म सेकेन्ड पनि ढिलो नगरी के भन्छु भने मलाई मन नपर्ने कुरा डबल स्ट्याण्ड हो ।’

Advertisement
Advertisement

उनले अफुले सम्झौता गरेपनि सम्झौतावादी नहुने प्रस्ट समेत पारे । उनले भने ‘सम्झौता त हुन्छ तर सम्झौतावादी चाहिँ हुनु हुँदैन मलाई तयो लाग्छ मेरो कुरा के छ भने सम्झौता त पाइला पाइलामा हुन्छ क्षण क्षणमा हुन्छ तपाईहरुले पनि गर्नुपर्छ मैलेनी गर्नुपर्छ तर सम्झौतावादी चाहिँ हुनु हुँदैन् ।’

सभामुख सापकोटाले गुणस्तरीय रिपोर्टिङका लागि लवी रिपोर्टीङको व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले प्रतिनिधिसभामा लवी रिपोर्टीङ गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका हुन् ।

Advertisement

यो व्यवस्था भएपछि पत्रकारहरुले संसद चलेको अवस्थामा सांसदहरु बसेको स्थानमा बसेर रिपोर्टीङ गर्न सक्नेछन् । लवी रिपोर्टीङ भनेकै संसद बैठक चलिरहँदा पनि सांसदहरु बसेको स्थानमै बसेर गरिने रिपोर्टीङ हो । यो व्यवस्था अहिलेसम्म नेपालमा थिएन । सभामुखको प्रतिवद्धता अनुसार व्यवस्था लागु भएमा संसदीय मामिला सम्बन्धि रिपोर्टीङ गर्ने पत्रकारहरुका लागि सूचना संकलनमा अझ सहजता आउने विश्वास गरिएको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top