×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जनालाई आजीवन काराबास

१६ माघ, विराटनगर ।
विराटनगरकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने दुईजनालाई आजीवन काराबासको सजाय सुनाइएको छ । हत्या गरेको आरोपमा पक्राउ परेका दुईजनालाई बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले आजीवन काराबासको सजाय सुनाएको हो ।

विराटनगर महानगरपालिका ८ कि ११ वर्षीया बालिकाको अपहरण गरी सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा २५ बर्षका अब्वास अन्सारी र १९ बर्षका चन्दु महतो पक्राउ परेका थिए । २०७५ माघ १२ गते छिमेकमा साँझ टिभी हेर्न गएकी बालिकालाई छिमेकी नै रहेका अन्सारी र महतोले खाली मैदानमा लगी बलात्कारपछि हत्या गरेर सिंघिया खोलामा शव फालेका थिए । बालिकाको शव माघ १३ गते दिउँसो भेटिएको थियो

Advertisement
Advertisement

Advertisement

जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार न्यायाधीश खड्काको इजलासले बलात्कार र हत्या कसुरमा आजीवन काराबास र पीडिकबाट जनही ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top