१७ माघ, सुनसरी । संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा निलम्बनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो । झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि प्रधान कार्यालयले निलम्बन गर्न गृहलाई अनुरोध गरेको थियो ।
राणा बिहीबारदेखि निलम्बनमा परेको गृह उच्च स्रोतले पुष्टि गर्यो । राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन्।
जाहेरी परेपछि सुनसरी प्रहरी राणालाई पक्रन अनुमति माग्दै सुनसरी जिल्ला अदालत गएको छ । तर, सुनसरी प्रहरीले भने आधिकारिक रूपमा यसबारे जानकारी दिएको छैन । ती महिला लामो समयदेखि आफूलाई यौनशोषण गरेको भन्दै गृह मन्त्रालय धाइरहेकी थिइन् ।