विप्लवका उपत्यका ब्युरो इञ्चार्ज लामालगायत चार जनालाई थुनामुक्त गर्न उच्च अदालतको आदेश

१७ माघ, काठमाडौं । उच्च अदालत पाटनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा उपत्यकाका ब्युरो इञ्चार्ज माइला लामालगायत चार जनालाई थुनामुक्त गर्ने आदेश दिएको छ ।

Advertisement

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार लामासहित भृकुटी भन्ने धिरिन्द्रा कुमारी उपाध्याय, ईश्वर परियार, हितमान भन्ने नविन विश्वकर्मालाई थुनामुक्त गर्ने आदेश गरेको हो।

उक्त इजलासले अर्का नेता हेमन्त प्रकाश ओलीसहित लोकेन्द्र कुमार खड्का, बुद्धबहादुर सिंताङ, शिव धिमाल, डिकेन्द्र राई, सूर्य भुजेल र दोर्ची शेर्पालाई भने थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न नै भनेको छ।

Advertisement

ओली सहितका नेतालाई एनसेलको केन्द्रीय कार्यालयमा वम विष्फोट गराइ एक जनाको हत्या गरेको आरोप छ। उनीहरूको साथबाट हातहतियार बरामद भएको, राई, भुजेल र शेर्पालाई एनसेलका बडिगार्डहरूले विष्फोट गराएको भन्दै सनाखत गरेको आधारमा थुनामै राख्ने आदेश गरेको हो ।

उनीहरूमाथि काठमाडौं लगायतका विभिन्न ठाउँमा बम विष्फोट गराएको, ज्यानमार्ने कसूर गरेको र राज्य विरूद्धको अपराध गरेको भन्दै मुद्दा चलाइएको थियो।

Advertisement

ललितपुर जिल्ला अदालतले सबैलाई विभिन्न समयमा थुनामा पठाउने आदेश गरेको हो। जिल्लाको आदेश बदर गराउन सबै जना उच्च अदालत गएका थिए। तीमध्ये लामासहित चार जनालाई थुनामा राख्न नपर्ने उच्च अदालतको आदेशमा उल्लेख छ ।

प्राप्त प्रमाणबाट ती कसूरमा यिनीहरूको प्रत्यक्ष भूमिका नदेखिएको भन्दै साधारण तारेखमा राख्ने आदेश दिएको हो। उनीहरूलाई थुनामुक्त गर्ने प्रकृया अब सुरू हुने पाटन उच्च अदालतका रजिष्टार बाबुराम दाहालले बताए।

लामा विप्लवका सबभन्दा निकट नेता मानिन्थे। महानगरीय अपराध महाशाखा, टेकुको टोलीले लामालाई साउन ५ गते काठमाडौंको काँडाघारीबाट रातको साढे १२ बजे पक्राउ गरेको थियो।

काठमाडौंलगायत ठाउँमा बम विष्फोटको घटनामा निर्देशन दिन लामाको भूमिका रहेको प्रहरीको दाबी छ। राजधानीको विभिन्न ठाउँमा बम विष्फोटको घटना भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो।

काठमाडौं सितापाइलाका लामा तत्कालीन माओवादी फुटेपछि वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव पक्षमा लागेका थिए। उनी २०६४ को संविधानसभा चुनावमा काठमाडौंबाट उम्मेद्वार पनि भएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top