कोरोना भाइरसबारे जाँच र चेतना अभिवृद्धिकालागि डाक्टरसहितको टोली केरुङ र तातोपानी नाकामा

१७ माघ, काठमाडौं । कोरोना भाइरसबारे जाँच, स्वास्थ्यकर्मीलाई तालिम र चेतना अभिवृद्धि कार्यक्रमका लागि डाक्टरसहितको टोली केरुङ र तातोपानी नाकामा पुग्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहितको टोली शुक्रबार रसुवागढी र तातोपानी नाकामा पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

टोलीले नाकाका हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीलाई जाँच र सावधानीका बारेमा तालिम दिनुका साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, पालिका प्रमुखहरु, प्रहरी लगायतलाई कोरोना र सावधानीका बारेमा जानकारी गराउने पनि प्रवक्ता श्रेष्ठले बताए ।

नेपाल र चीन सरकारको सहमतिमा केरुङ र तातोपानी नाका १५ दिनका लागि बन्द गरिए पनि मानिसको आवातजावात भैरहेकोले सावधानी अपनाइएको प्रवक्ता श्रेष्ठले बताए । शुक्रबार गएको टोलीले कोरोना जाँचका लागि थप उपकरण समेत लगेको छ ।

यसैबीच प्रवक्ता श्रेष्ठले कोरोना भाइरसको शङ्का लागेको भए परीक्षणका लागि अस्पताल जान आग्रह पनि गरेका छन् । सरकारले यसअघि चीनबाट फर्किएका व्यक्तिको मात्रै परीक्षण गर्ने बताएको भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोनासँग मिल्ने लक्षण देखिए वा शङ्का लागेमा परीक्षणका लागि अस्पताल जान अनुरोध गरेका हुन् ।

ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु कोरोना भाइरसको मुख्य लक्षण हो । धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने गरेमा यस रोगबाट बच्न सकिने डाक्टरले बताएका छन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top