सामाजिक सञ्जालमा विज्ञापन गरे मुद्रा अपचलनको मुद्दा लाग्ने

१६ माघ ७६, शुक्रबार

१७ माघ, काठमाडौं ।
सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा कडाइ गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको भन्दै राष्ट्र बैंकले सामाजिक सञ्जालमा विज्ञापन नगर्न सचेत गराएको हो । अब सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गरे मुद्रा अपचलनको मुद्दा लाग्ने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा विज्ञापन भइरहेको र ठूलो रकम अवैधानिक च्यानलबाट विदेश भएको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए ।

Advertisement

‘सामाजिक सञ्जालमा गरिएका विज्ञापन वापत विदेशमा भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने जुन चलन छ त्यो गैर कानूनी हो’ मिश्रले भने, ‘यसरी भुक्तानी गरे विदेशी विनिमय (नियत गर्ने) ऐन अनुसार कारबाही हुने जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top