नेपाल वायुसेवा निगमद्वारा जहाज खरिद गर्दा लिएको ऋणको किस्ता भुक्तानी

नेपाल वायुसेवा निगमद्वारा जहाज खरिद गर्दा लिएको ऋणको किस्ता भुक्तानी

१७ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता भुक्तानी गरेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई ओटा वाइडबडी र न्यारोबडी खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता बापतको रुकम तिरेको हो ।

निगमले १ अर्ब १ करोड ४१ लाख ६४ हजार तीन सय त्रियानब्बे रुपैयाँ भुक्तानी गरेको छ । निगमले दुई ओटा वाइडबडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार ७ सय ७० र न्यारोबडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ तिरेको छ ।

नेपाल एयरलाइन्सले जहाज किन्दा लागेको ऋणको किस्ता हरेक तीन(तीन महिनामा भुक्तानी गर्नुपर्छ । निगमले गएको असार र साउनमा दुई ओटा वाइडबडी जहाज ल्याएको थियो ।

निगमले लगानी कोष र सञ्चय कोषबाट नौ प्रतिशत ब्याजदरमा २४ अर्ब रुपैयाँ ऋण लिएर दुई ओटा वाइडबडी विमान खरिद गरेको थियो भने झण्डै ८४ करोड रुपैयाँमा न्यारोबडी खरिद गरेको थियो ।

न्यारोबडीको उडान नाफामा भए पनि वाइडबडीले गन्तव्य नपाउँदा निगमले ठूलो नोक्सान ब्यहोर्दै आएको थियो । लगानी कोष र सञ्चय कोषले अघिल्लो आर्थिक वर्षसम्मको किस्ता तिर्न नसकेपछि निगमले तिर्नुपर्ने ब्याजलाई स्याजमा परिणत गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.