×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हिउँ जमेको जंगलमा फसेका ४ नेपाली पर्यटकको उद्धार

१८ माघ २०७६

१८ माघ, म्याग्दी ।
अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर बाक्लो हिउँ जमेको जंगलमा फसेका ४ जना नेपाली पर्यटकको तेस्रो दिनमा सकुशल उद्धार भएको छ ।

३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा हिउँसहितको जंगलमा फसेका सर्लाहीका अंकित साह, सर्लाहीकै अभिषेक महतो, दोलखाका सञ्जित लामा र धनगढीका सुमन भट्टलाई आइतबार बिहान खोजी तथा उद्धारमा गएका चुपिन पुर्जासमेतका स्थानीयले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गको रेलेखर्कको खोंचबाट उद्धार गरेका हुन्।

Advertisement

‘स्थानीय युवा साथीहरुले दुई दिनदेखि हिउँमै बास बसेर उनीहरुको खोजी गरी उद्धार गरेका हुन्,’ घटनास्थल पुगेर उद्धारमा जुटेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘उद्धार गरिएका अंकित र सुमन केही बिरामी परेकोले हेलिकोप्टरबाट पोखरा पठाइएको छ। बाँकी दुई जनालाई हामीले गाडीमा राखेर नारच्याङ झरेका छौं। गाडीमै फर्कनुहुन्छ।’

शुक्रबार उनीहरुसँग फोनमा कुराकानी भए पनि पर्यटकलाई भेट्टाउन सकिएको थिएन। फोनको लोकेसनको आधारमा रेलेखोलाको माथिल्लो भागको रेलेखर्क क्षेत्रमा खोजी केन्द्रित गरिएको थियो। आइतबार थप स्थानीयसमेत परिचालन भई खोजी तीव्र्र पारिएको थियो।

Advertisement

अन्नपूर्ण, निलगिरी र वराह हिमालको फेदीमा अवस्थित घना जंगलमा बाक्लो हिउँले छोपेको पदमार्गमा पर्यटक मात्र होइन। स्थानीय गोठालासमेत हिँड्‌न असम्भवप्रायः पदमार्गमा गाइड नलिई दुस्साहसी यात्रामा निक्लँदा पदयात्री समस्यामा परेका हुन्।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top