लागुऔषध सहित विराटनगरबाट १ जना पक्राउ

१९ माघ ७६, आइतबार
Share this
779shares

१९ माघ, विराटनगर ।
मोरङको बिराटनगर महानगरपालिका–१२ आइतवारे चोकबाट लागुऔषध टिटि ईन्जेक्सन सहित १ जना पक्राउ परेका छन् ।

Advertisement

शनिबार अपरान्ह ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले आइतवारे चोकमा पैदल हिडिरहेका सुनसरीको बराह नगरपालिका–३ का २९ बर्षीय कैलाश लिम्बुलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट ७४ थान लागुऔषध टिटि ईन्जेक्सन बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top