ललितपुरको कबाडी गोदाममा आगलागी हुँदा २ जना घाइते

ललितपुरको कबाडी गोदाममा आगलागी हुँदा २ जना घाइते

१९ माघ,काठमाडौँ ।
ललितपुरको बखण्डोलमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा २ जना सामान्य घाइते भएका छन् । आगलागीबाट भारतीय नागरिक नन्दु जैसवाल र धर्मनाथ जैसवाल सामान्य घाइते भएका हुन् ।

गएरातिबाट सुरु भएको आगो आइतबार बिहान मात्रै नियन्त्रणमा लिइएको थियो । महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेक प्रसाद राईका अनुसार ५ वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।

काठमाडौं, ललितपुर महानगरपालिका र नेपाली सेनाको दमकलको सहायता, १२ वटा पानी ट्याङ्कर र स्थानीयको सहयोगले आगो नियन्त्रणमा आएको हो । उत्तर कोरियाली दूतावास नजिक रहेको कवाडी गोदाममा भएको आगलागीबाट कति क्षति भयो भन्ने खुलेको छैन् ।

क्षतिको विवरण संकलन भइरहेको उनले बताए । आगलागीको कारण खुल्न सकेको छैन् । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.