इनरुवा सवारी दुर्घटनामा ५ जनाको मृत्यु , १४ घाईते (अपडेट)

१९ माघ ७६, आइतबार
Share this
655shares

१९ माघ, सुनसरी ।
सुनसरीको रामधुनी नगरपालिका–२ कृषि फर्म छेउमा हायस र बस एक आपसमा ठोक्किदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा १४ जना घाईते भएका छन् ।

Advertisement

आइतबार बिहान साँढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर–५ की ६८ बर्षीया डोलकुमारी कोइराला, निजकै श्रीमान हेमराज कोइराला, झापा चन्द्रगढीकी १८ बर्षीया गरिमा गौतम र झापा भद्रपुर–७ का ४५ बर्षीय टंकप्रसाद काफ्लेको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी हायसमा सवार झापा कचनकवलका २५ बर्षीय कृष्ण चौहान, काठमाडौ अनामनगरकी ७ बर्षीया अग्रिता श्रेष्ठ, २८ बर्षीय रमुना श्रेष्ठ, दमक ३ का ३० बर्षीय बमबहादुर बस्नेत, झापा चन्द्रगढीका १२ बर्षीय विनियस काफ्ले, झापा धरमपुरका ३७ बर्षिय होमबहादुर कार्की, मोरङ पथरीका ४९ बर्षीय डिल्लीराम बास्कोटा, झापा भद्रपुरकी ४१ बर्षीय ताराकुमारी राय, ३८ बर्षीय माया काफ्ले, ३५ बर्षीया साबित्रा राई र हायसका सह–चालक सोलुखुम्बुका २३ बर्षीय केदार बस्नेत घाईते भएका छन् ।

Advertisement

घाईतेहरु मध्ये बस्नेतको एपेक्स हस्पिटल इटहरी, कार्कीको धरानको घोपामा र अन्य घाईतेहरुको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । यसैगरी बसमा सवार रहेका मकवानपुर हेटौडाका ३८ बर्षीय बेदनाथ घिमिरे, मोरङ लेटाङका ३७ बर्षीय खगिन्द्र नेपाल र झापा कमल गाँउपालिकाका २६ बर्षीय राजकुमार शर्मा घाईते भएका छन् ।

बसमा सवार रहेका तिनै जना घाईतेहरुको एपेक्स अस्पताल इटहरीमा उपचार भईरहेको छ भने बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top