१९ माघ, काठमाडौँ ।
छैटौं नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको तीन दिने एक्स्पो आइतबार सम्पन्न भएको हो ।
मेलामा प्रदर्शनीमा राखिएका अधिकतम मेसनरी सामानहरु बुकिङ भएको आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका निर्देशक सृजल भट्टराईले बताए । अहिलेको प्रविधिलाई विस्तार गर्दै नयाँ उद्यमी जन्माउन मेलाले सहयोग गर्ने अपेक्षा लिएको उनले बताए ।

नेपाल लगायत विभिन्न १० देशका १ सय २५ कम्पनी र ती कम्पनीहरले उत्पादन गरेका १ सय ७५ उत्पादनहरु प्रदर्शनीमा राखिएको थियो । मेलामा फर्निचर, काठ औजारका कम्पनी, डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र प्रविधिहरु प्रदर्शनीमा राखिएको थियो ।
मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालिले मेलाको संयुक्त रुपमा आयोजना गरेका हुन् ।

