वैज्ञानिक व्यवस्थापन रोक्न प्रदेश सरकारको निर्देशन्

विराटनगर, चैत ५
एक नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले एक नम्बर प्रदेशमा भइरहेको वैज्ञानिक व्यवस्थापनमा रोक्न निर्देशन दिएको छ । प्रदेश सरकारले अहिलेसम्म काटिएका रुखहरुको बेचविखन नगर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा जिल्ला वन कार्यालयका वन अधिकृत डा. विनोदप्रसाद देवकोटा वन कर्मचारी, सम्बन्धित सामुदायिक वनका पदाधिकारीलाई वोलाएर मुख्यमन्त्री शेरधन राईले तत्काल रुख कटानको काम रोक्न निर्देशन दिएका हुन् ।

यस विषयमा केन्द्रीय सरकारसँग छलफल गरेर मात्र निर्णय लिने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । मोरङमा मात्रै हाल २० वटा सामुदायिक र ४ वटा साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम चलिरहेको थियो ।

Scroll to Top