१३ हजार घुससहित यातायात कार्यालय स्वयम्भुका अधिकृत र सेवाग्राही पक्राउ

१३ हजार घुससहित यातायात कार्यालय स्वयम्भुका अधिकृत र सेवाग्राही पक्राउ

२० माघ, काठमाडौं ।
यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भुमा कार्यरत अधिकृत शिवलाल पौडेल घुस रुपियाँसहित पक्राउ परेका छन् ।

सेवाग्राहीबाट घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । त्यस्तै घुस दिने दिपक खतिवडालाई समेत नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

सेवाग्राही खतिवडाले अधिकृत शिवलाल पौडेललाई सवारी कर र प्रदूषणवापत्को रुपियाँ तिर्नका लागि १३ हजार रुपियाँ घुस दिएको आयोगले दाबी गरेको छ । दुबैजनालाई घुस रुपियाँसहित परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.