संसदीय समितिले गर्याे स्थानीय तहको इजलासको अनुगमन

संसदीय समितिले गर्याे स्थानीय तहको इजलासको अनुगमन

२० माघ, काठमाडौँ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन गरेको छ । समितिको वार्षिक कार्यक्रमअनुसार महानगरको इजलास समितिको अनुगमन गरिएको हो ।

समितिको कार्यसम्पादन कस्तो छ, कस्ता मुद्धाहरु आउँछन्, चुनौतीहरु के छन् ? भन्ने विषयमा बुझ्न अनुगमन गरिएको समिति सभापति तारादेवी भट्टले बताइन । जनतासँग प्रत्यक्ष सरोकार भएका विषयहरु भएकाले इजलास, फैसला गर्ने तरिका र चुनौतीका विषयमा जानकारी लिनुपर्ने आवश्यकता भएको उनले बताइन ।

स्थानीय तहहरुमा गठन भएका न्यायीक समितिहरुबाट जनताले कस्तो सुविधा पाएका छन् भन्ने विषयको जानकारी दिन अनुमगनले सहयोग गर्ने उल्लेख गर्दै सभापति भट्टले इजलासका क्रममा आइपर्ने अफ्ठ्याराहरुका विषयमा समितिलाई जानकारी गराए समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाए । क्षेत्राधिकार भन्दा बाहिरका मुद्धाहरु बढी आउने भएकाले लक्ष्य अनुसार न्याय दिन नसकिएको गुनासो न्यायीक समितिका पदाधिकारीहरुले गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.