ए डिभिजन लिगको अन्तिम खेल शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी र मछिन्द्रबीच हुने तय

२१ माघ, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी क्लब र सानमिगेल मछिन्द्र क्लबबीच हुने तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम ३ चरणको खेलका लागि मंगलबार खेल तालिका सार्वजनिक गर्दा आर्मी र मछिन्द्रबीचको खेल फागुन ३ गते शनिबारका लागि तय गरेको हो ।

१० चरणको खेलको समाप्तीमा आर्मी २३ अंकसहित शीर्षस्थानमा छ भने मछिन्द्र २२ अंकसहित दोस्रो स्थानमा छन् । लिगको दसौं चरणको खेल माघ २३ बाट सुरु हुनेछ । मछिन्द्रको सामना गर्नुअघि आर्मीले माघ २३ गते नेपाल एपिएफ क्लब माघ २७ गते ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै मछिन्द्रले आर्मीसँग भिड्नुअघि माघ २३ गते सरस्वती युवा क्लब र माघ २७ गते संकटा क्लबको सामना गर्नेछ । आर्मी र मछिन्द्रको खेल फागुन ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

त्यसबाहेकका २० खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र हलचोकस्थित एपिएफको मैदानमा हुनेछ । एन्फाको खेल तालिका अनुसार १४ खेल एन्फा र ६ खेल हलचोकमा हुनेछन् । लिगको रोमाञ्चकतालाई अन्तिम सम्म कायम राख्नका लागि एन्फाले मछिन्द्र र आर्मीको खेल अन्तिममा पारेको हो ।

नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब १९ अंकसहित तेस्रो स्थानमा, १७ अंकसहित रुस्लान थ्री स्टार क्लब चौथो स्थानमा रहेको छ । ४ अंक जोडेको सरस्वती अंक तालिकाको पुछारमा रहेको छ । पुछारमा रहने टोली रेलिगेसनमा पर्नेछ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top