संसदको यही अधिवेशनबाट एमसीसी पास हुन्छ : प्रधानमन्त्री

संसदको यही अधिवेशनबाट एमसीसी पास हुन्छ : प्रधानमन्त्री

२१ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदको यही अधिवेशनबाट पास हुने बताएका छन् ।

मंगलबार साँझ विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग भएको भेटमा उनले एमसीसी छिट्टै पास हुने बताएका हुन् । उनले भने ‘केही साथीहरुले बुझ्न बाँकी भएकाले कार्यदल बनाएको हो ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै मात्र केन्द्रीय कमिटीबाट एमसीसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल सदस्य रहेको कार्यदल बनाएको छ । कार्यदललाई एमसीसीको अध्ययन गर्नका लागि १० दिनको समय दिइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.