×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

सरकारी जग्गामा बनेका संरचना तत्काल खाली गर्न प्रशासनको निर्देशन

२२ माघ, सुर्खेत । वीरेन्द्रनगरस्थित मंगलगढीदेखि चाइना पुलसम्मको सरकारी जग्गामा बनेका संरचना तत्काल खाली गर्न प्रशासनले निर्देशन दिएको छ ।

वर्षौँदेखि आफूले प्रयोग गर्दै आएको जग्गा एकाएक सरकारीकरण गरेर आफूहरुलाई धपाउन खोजेको भन्दै स्थानीय भने आक्रोशित बनेका छन् । ०३६ सालमा सुर्खेत–जुम्ला सडकको ट्रयाक खोल्न सरकारले १६ कट्ठा साढे १३ धुर जमिन अधिग्रहण गरेको थियो । स्थानीय लीलबहादुर भण्डारीले २९ हजार रूपैयाँ मुआब्जा बुझेर उक्त जमिन सरकारलाई हस्तान्तरण गरेका थिए ।

Advertisement
Advertisement

तर २०४५ सालमा लीलबहादुरले नापी र मालपोतका कर्मचारीसँग मिलेर मुआब्जा लिइसकेको जमिनमध्येको आठ कट्ठा सात धुर जग्गा फेरि आफ्नो नाउँमा नामसारी गराए । सोही जमिन उनले १३ जनालाई बिक्री समेत गरिसकेको सरकारी अभिलेख छ ।

जुम्ला रोडको सरकारी जमिनमा १० पक्की घर र त्यति नै संख्यामा टहरा रहेका छन् । विभिन्न बहानामा हडपेको सरकारी जग्गा फिर्ता लिने क्रममा यस क्षेत्रमा पनि भोगचलन गर्दै आएका घरधनीलाई हटाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले १५ दिनको सूचना समेत जारी गरेको हो ।

जसको अन्तिम म्याद यहीँ माघ २३ गते पूरा हुँदैछ । स्थानीयले भने मापदण्ड पूरा गरी बर्षौदेखि बनाएका संरचना एकाएक हटाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

यता जिल्ला प्रशासन कार्यालयले घरधनीले सरकारी जग्गामा बनाएका संरचना नहटाए बल प्रयोग गरेर भत्काइने जनाएको छ । नापी कार्यालयले चार किल्ला प्रमाणित गरिसकेकाले सरकारी जमिनभित्रका संरचना हटाउने प्रक्रिया सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको भनाइ छ ।

Advertisement

सरकारी सम्पत्तिमा बनेका संरचनामा पानी र बिजुलीको बिल काट्न सम्बन्धित कार्यालयलाई पत्राचार गरिसकिएको छ । सुर्खेत–जुम्ला सडकखण्ड वरपरको क्षेत्रमा बैंक, वित्तीय संस्था, नर्सिङ होम, होटल लगायतका संरचना सञ्चालित छन् ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top