बालुवाटार जग्गा प्रकरणः अभियोग लागेका व्यक्तिको सम्पत्तिबारे अनुसन्धान सुरु

२३ माघ, काठमाडौं । बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका उच्च तहका व्यक्तिको सम्पत्तिबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको जग्गा हिनामिना प्रकरणमा एक उपप्रधानमन्त्रीसहित तीन जना पूर्वमन्त्री र उच्च तहका प्रशासकसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेपछि सम्पत्ति शुद्धीकरण विभागले बिहीबारदेखि उनीहरुको सम्पत्तिबारे अनुसन्धान थालेको हो ।

विभागका अनुसार यो प्रकरणमा जोडिएका पूर्वमन्त्री, सचिव र व्यवसायमा संलग्न ठूला घरानाका व्यक्तिको अनुसन्धान थालिएको हो । विभागले यस अघिदेखि नै पूर्वसचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्पत्ति छानबिन गरिरहेको थियो ।

अख्तियारले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, मन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, पूर्व निर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसचिवहरु दिनेशहरि अधिकारी, सहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँ लगायत १ सय ७५ जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top