पूर्वडीएसपी खिउजुविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता, पक्राउ गर्ने तयारी

Share this
756shares

२३ माघ, काठमाडौँ ।
पूर्वडीएसपी राजकुमार खिउजुविरुद्ध करणी गरेको आरोपमा जाहेरी परेको छ। ललितपुरको महांकाल गाउँपालिकाकी २३ वर्षीया युवतीले महानगरीय प्रहरी परिसर ललितपुरमा खाउजुविरुद्ध बुधबार किटानी जाहेरी दिएकी हुन्।

Advertisement

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले खिउजुविरुद्ध मुद्धा दर्ता भएको जानकारी दिए। महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत रहेको बेला खिउजुले उनलाई यौन शोषण गरेको युवतीको दाबी छ।

राईले मुद्दा दर्ता भए लगतै उनको मेडिकल परीक्षण गरिसकिएको राईले बताए। ‘मुद्दा दर्ता भएसँगै प्रक्रिया अगाडि बढाइसक्यौँ’, उनले भने, ‘कानुन बमोजिम चल्छौँ।’ उनको खोजी गर्न सुरु गरिएको राईले बताए। ६ महिना भन्दा पहिलाको घटना भएकाले एक पटक उक्त विषयको बारेमा राम्ररी अध्ययन गरेर उनलाई नियन्त्रणमा लिने जनाए।

Advertisement

सोल्टी होटलको क्यासिनोमा कार्यरत युवतीले खिउजुलाई चापागाउँ वृत्तमा भेटेको र प्रहरी रिपोर्ट बनाउन जाने सिलसिलामा उनले प्रलोभनमा पारेर यौन शोषण गरेको दाबी गरेकी छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top