बीमाका सेवाहरुको विस्तारमा ध्यान दिन अर्थमन्त्रीको निर्देशन

२४ माघ ७६, शुक्रबार
Share this
706shares

२४ माघ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले सेवाको गुणस्तर र पहँुचमा ध्यान दिनुपर्ने बताएका छन् ।

Advertisement

शुक्रबार काठमाडौंमा आयोजित ‘इन्स्योरेन्स समिट २०२०’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमाका सेवाहरुको विस्तारमा ध्यान दिन आग्रह गरेका हुन् । उनले बीमा कम्पनीहरुको संख्या धेरै भएकाले मर्जमा जान समेत सुझाव दिए ।

बजारमा प्रतिस्प्रर्धा बिना नै बीमा प्रिमियम तोक्दा बीमाको दर उच्च रहेको बताउँदै त्यसमा सुधार गरेर जानुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री खतिवडाले बीमा बजारमा माइक्रो इन्स्योरेन्स पोलिसिहरुको आवश्यकता रहेको र त्यसमा बीमा कम्पनीहरुलाई सोच्न समेत आग्रह गरे । उनले सरकारले माइक्रो इन्स्योरेन्स कम्पनी ल्याउने योजना बनाएको समेत बताए ।

Advertisement

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको मात्र सुरक्षा गर्ने नीति ल्याएको तर कसरी बजार विस्तार गर्न सकिन्छ भन्नेमा ध्यान नदिएको बताए । उनले बीमा समितिले इन्स्योरेन्सको न्यूनतम दर तोक्दा इन्स्योरेन्स प्रिमियम बढेको बताए ।

अन्य मुलुकमा खुल्ला बजार अर्थतन्त्र अनुसार बजारले इन्स्योरेन्सको दर आफै तोक्ने अथवा अधिकतम दर तोकी बजारमा प्रतिस्प्रधाको बाटो खुल्ला राख्ने गरिन्छ तर नेपालमा न्यूनतम दर तोकेर प्रिमियम बढाइएको बताए ।

Advertisement

बीमा कम्पनीको संख्या धेरै भएपनि प्रतिस्प्रधा नहुँदा सस्तो र गुणस्तरिय बीमा सेवाको विकास हुन नसकेको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए । उनले इन्स्योरेन्स प्रिमियम उच्च हुँदा कस्ट अफ डुइङ बिजनेस बढेको समेत बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top