लक्ष्मीमार्गमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

लक्ष्मीमार्गमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

२९ माघ, विराटनगर ।
मोरङको बेलबारीमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग स्थित पुर्व पश्चिम राजमार्गमा पुर्व बाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ८६८० नं.को ट्रकले बिपरीत दिशा बाट बाटो क्रस गर्दै गरेको को ४० प ११७ नं. को स्कुटी लाई ठक्कर दिएको थियो।

ठक्करबाट स्कुटी चालक बेलबारी – १ बस्ने ५५ वर्षीय नर बहादुर खड्का र स्कुटी पछाडि सवार ५९ वर्षीय दिल बहादुर खड्का घाईते भएकोमा दिल बहादुर खड्काको उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगरमा करिब १२ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नरबहादुरको सोही अस्पतालमा उपचार भईरहेको छ भने स्कुटी,ट्रक र ट्रक चालक बाराको  निजगड नपा–९ बस्ने ५० वर्षीय गंगा प्रसाद पौडेललाई ईप्रका बेलबारीमा राखि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.