२९ माघ, विराटनगर ।
मोरङको केराबारी गाउपालिका–९ स्थित लोहोन्द्रा खोलामा अवैध उत्खननमा संलग्न जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बेलुका लोहोन्द्रा खोलामा को १ क ३३१७ र को १ क २२४१ नं. का दुई जेसीबीले मापडण्ड भन्दा बढी उत्खनन् गरिरहेको अवस्थामा फेला पारी इप्रका बेलबारीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका जेसीबीलाई आवश्यक कारबाहीको लागि बेलबारी नगरपालिकाको कार्यालयमा बुझाउने पहल भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।