×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

सिजि टेलिकमका विषयमा सरकारले छानविन गर्ने

१ फाल्गुन २०७६

१ फागुन, काठमाडौँ ।
सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बस्कोटाले सिजि टेलिकमका विषयमा छानबिन हुने बताएका छन् । विहिबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बास्कोटाले लिमिटेड मोबिलिटी सर्भिसको ४४ करोड मात्रै तिरेको देखिएको उल्लेख गर्दै सरकारबाट अनुदान लिएर ४१ जिल्लामा सञ्चार सुविधा पु¥याए नपु¥याएको विषयमा छानबिन गर्नुपर्ने बताए ।

सरकारले तत्कालिन समयमा विपदबाट हुने जोखिम वा अन्य कुनै आपतकालिन अवस्थामा सञ्चार सहजता होस् भनेर विश्वबैंकसँग ऋण लिएको प्रशंग उल्लेख गर्दै पूर्वका ४१ जिल्लामा सञ्चार सुविधा पु¥याउन सिजि टेलिकम (तत्कालिन एसटीएम) लाई अनुदान दिएको र अहिलेसम्म कति काम भयो भन्ने विषयमा छानबिन हुने बताए । सरकारले आफु धितो बसेर विश्वबैंकबाट ल्याएको १ करोड १८ लाख ६५ हजार डलर अनुदानमा दिएको बताउँदै उनले भने, ‘‘भाग्यमानी हो उहाँ । सिजिका सञ्चालकहरु भाग्यमानी हो । किनभने अरुले कम्पनी खडा गर्न जोखिम मोल्नुपर्छ । चुनौती लिनुपर्छ । आर्थिक पनि जोखिम लिनुपर्छ अरु निर्माणको पनि जोखिम लिनुपर्छ । तर सरकारले ऋण काढीकाढी उहाँहरुलाई अनुदान दिएको हो । तर काम के गर्नुभयो ? भिस्याटका उपकरण कहाँ छन ? १०६८ वटा पिसिओहरु बने की बनेनन् । त्यो काम के भयो ? त्यो काम चाँही के हुनुपर्ने ? गर्छु भनेको काम नगरेपछि हिनामिना भयो की भएन राज्यको सम्पत्ति ? तोकिएको काम नगरेमा चाँही अनुदान के हुन्छ ? १ करोड १८ लाख ६५ हजार डलर के हुने ? अब यसमा अध्ययन चाँही त्यसमा हुने हो । कानूनी हिसाबले के हुने हो यसमा हुन्छ ।’’

Advertisement
Advertisement

Advertisement

बास्कोटाले सिजिसँग २० अर्ब माग्यो भनेर खवर आएको उल्लेख गर्दै आफ्नो घरमा राख्नका लागि पैसा नमागेको बताए । उनले भने, ‘मैले मेरो घरमा राख्न मागको होइन् । कति साथीहरुले सञ्चारमन्त्रीले २० अर्ब माग्यो भन्नुभयो । मेरो घरमा त्यती पैसा राख्ने ठाउँ छैन । चाँहिदैन पनि ।’ बास्कोटाले जुहारी खेल्नुभन्दा पनि प्रकृयामा आए काम हुने र आफुले कुनै आग्रह पूर्वाग्रह नराख्ने स्पष्ट पार्नुभएको छ । ‘‘मैले उहाँहरुलाई धेरै केही भन्नु छैन । उहाँहरु प्रोेसेसमा आउनुहोस् प्रोसेस मिचेर आउने कुरामा हाम्रो साथ हुँदैन । कति तिर्नुपर्छ युनिफाइड वा अरुको त्यो मलाई धेरै थाहा हुँदैन् । मैले सुनेके त्यही हो । कुनै २५ लाखले लाइसेन्स पाइन्छ । कुनै १ लाखले पाइन्छ । कुनैको अरु कति तिर्नुपर्छ । कसैको रिन्युवल फि थोरै हुन्छ कसैको धेरै हुन्छ । २० अर्बसम्म हुन्छ’’, उनले भने, ‘‘उहाँहरुले के तिर्नुभयो । सबै ति¥यौँ भन्नुभएको छ । सबै तिरेको के को ? के बापतको ? म अहिले आज यति मात्रै भने मैले थप अध्ययन गर्ने भएको छु । उहाँहरुले तिरेको ४४ करोड मात्रै देखिन्छ । तर त्यो लिमिटेड मोबिलिटी सर्भिसको होला ।’’ बास्कोटाले सर्तअनुसार काम नगरी ढोका हुँदाहुँदै झयालबाट छिरेर अगाडी बढेपछि काम नहुने बताए । सबै क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुका लागि सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेको उल्लेख गर्दै बास्कोटाले इमानदार लगानीकर्ताको आवश्यकता रहेको बताए । उनले बार्सिलोनामा सिजी टेलिकम र टर्कसेलबीच सम्झौता हुँदा आफु साँक्षी पनि नबसेको र लाइसेनस दिन्छु भनेर पनि नभनेको स्पष्ट पारे।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top