‘बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तक विमोचन

४ चैत ७४, सोमबार

विराटनगर, चैत ५
बाँतर जातिको चिनारी समेटिएको खोजमूलक पुस्तकको विराटनगरमा लोकर्पण गरिएको छ । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक पत्रिकाको आठौं वार्षिकोत्सवको अवसरमा ‘बाँतर जातिको संक्षिप्त चिनारी’ नामक पुस्तकको विमोचन गरे ।

पदमकुमार सरदारद्वारा लिखित सो पुस्तकमा बाँतर जातिको रहनसहन, संस्कार, पेशा, आर्थिक अवस्था, शिक्षा, धर्म संस्कृतिलगायतका विषय समेटिएको छ ।

पूर्वी तराईको सात जिल्लामा बसोवास गर्दै आइरहेको यो जातिको जनसङ्ख्या २०६४÷०६५को जनगणनाअनुसार ८६ हजार ६ सय २९ छ । पुस्तक विमोचन गदै सामाजिक विकासमन्त्री घिमिरेले अल्पसङ्ख्यक जातिको पहिचान र उत्थानका साथै संरक्षण तथा सम्बद्र्धन गर्न सरकार प्रतिबद्धरहेको बताए ।

Advertisement

उनले आर्थिक अवस्था कमजोर भएका कारण शिक्षा क्षेत्रमा पिछडिएकाले यस जातिका २० जना बालवालिकालाई विराटनगरका विभिन्न विद्यालयमा निःशुल्क रुपमा अध्ययनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे ।

बाँतर जाति केन्द्रीय कल्याणकारी समितिका अध्यक्ष मोहनलाल सरदारले बाँतर जातिलाई दलितमा सूचीकृत गरिएकामा असन्तुष्टि व्यक्त गर्दै यो जाति जङ्गलमा बसोवास गर्ने भएकाले आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गरे । प्रदेशसभा सदस्य जयराम यादवले बाँतर जाति पिछडिएको जाति भएकाले यसको उत्थानका लागि अग्रसर हुनुपर्ने विषयमा जोड दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top