२ फागुन, मोरङ । मोरङ पथरी शनिश्चरे नपा ४ सम्झना चोक स्थित हाट बजार लाग्ने ठाउमा एक ब्यक्ति मृत फेला परेका छन् ।
स्थानीय ५५ वर्षीय प्रबल गिरी हाट लाग्ने स्थानमा मृत अवस्थामा भेटिएका हुन् । घटनापछि प्रहरीले शव मंगलबारे अस्पताल उर्लाबारी पठाएको थियो ।
मृतक गिरी मादक पर्दाथ सेवन गरी हिड्ने गरेको स्थानीयले बताएका छन् । मृत्युको कारण भने खुल्न सकेको छैन ।