×

NEPAL TIMES UPDATES

Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026

दिनभरका प्रमुख खबर

२ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(अदालतले तान्छ कि ?)
ललिता निवासको प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण पेस गर्न अख्तियारलाई सर्वोच्च अदालतको आदेश /१५ दिनभित्र जवाफ पेस गर्न आयोगलाई निर्देशन ।

Advertisement
Advertisement

२.(इन्जिनियरको घुसकाण्ड)
सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन इन्जिनियर जितेन्द्रकुमार चौधरीविरूद्ध ३५ लाख घुस लिई श्रीमतीको खातामा जम्मा गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर/३५ लाख विगो कायम गर ६ वर्ष सम्मको कैद माग ।

३.(सांसदको शोक)
राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनमा प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित/प्रधानमन्त्री केपी शर्मा ओलीको आजका लागि निर्धारण गरिएको सम्बोधन शनिबारको संसदमा हुने ।

४.(युवाको भरोसा)
अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /युवाहरुको चौतर्फी व्यक्तित्व विकासमा हरसम्भव सहयोग गर्न कटिबद्ध रहेको उल्लेख ।

५.(असफलै भएको हो त ?)
इतिहासकै शक्तिशाली सरकार भएपनि अपेक्षित काम गर्न नसकेको राजनीतिक दलहरुको टिप्पणी/संसदमा झण्डै दुईतिहाईको समर्थन रहेको सरकारले समयको सदुपयोग गर्न नसकेको प्रतिक्रिया ।

६.(पाइलटपनि क्वारेन्टाइनमा)
चीनको वुहानबाट नेपालीलाई उद्दार गर्न जाने जहाजका पाइलटसहित सबै सदस्यलाई विद्यार्थीसँगै क्वारेन्टाइनमा राखिने/कोरोनाभाइसका कारण उद्दारको पर्खाइमा रहेका १ सय ८० नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार दिउँसो जाने ।

७.(अपराधीलाई सजाय)
अवैध रुपमा भइरहेको नदीजन्द पदार्थको उत्खनन रोक्न गएका धनुषा दिलिप भनिने ओमप्रकाश महतोको हत्या आरोपमा पक्राउ परेका मध्ये तीनजना पूर्पक्षका लागि कारागार चलान / तीन जना भने धरौटीमा रिहा ।

८.(सत्यको खोजी)
कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगद्वारा सरकारसंग जानकारी माग / वैदेशिक रोजगारीमा गएका कामदारका लागि दीर्घकालीन कार्ययोजना बनाउन पनि आग्रह ।

९.(डराउनु पर्देन)
बाजुराको खापर गाउँपालिकामा देखिएको ज्वरोको संक्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि /हाल भाइरस पूर्णरुपमा नियन्त्रणमा ।

१०.(शर्तसहितको अनुमति)
सप्तरीमा हुने भनिएको मुस्लिमको धार्मिक सभा गर्न अन्तर्रािष्ट्रयकरण नगर्ने शर्तमा गृह मन्त्रालयले दियो अनुमति /सयभन्दा बढी संख्यामा आएका तेस्रो मुलुकका सहभागीहरुलाई फर्काउन आग्रह ।

११.(कार्यदलको काम)
सत्तारुढ दल नेकपाको केन्द्रीय समितिद्वारा एमसीसीको विषयमा अध्ययन गर्न गठित कार्यदलको बैठकमा प्राप्त भएका सामग्रीहरुमाथि छलफल /प्राप्त सामग्रीहरुमाथि अध्ययन गरी अभिलेख भईरहेको भीम रावलको भनाई ।

१२.(प्रष्ट विचार)
डिजिटल क्षेत्रलाई बैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको सञ्चारमन्त्री गोकुल बास्कोटाको भनाई /सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारवाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर व्याख्या भइरहेको उल्लेख ।

१३.(मदन विश्वविद्यालयको प्रारुप)
विश्वविद्यालयको नेतृत्व माथि दलिय राजनीति हुन नहुने मदन भण्डारी विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशीको भनाई / विश्वविद्यायललाई सबै नेपालीले अपनत्व गर्ने गरी विकास गर्नुपर्नेमा जोड ।

१४.(अन्त्य तिर लिग)
कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई २–० ले हराउँदै थ्री स्टार तेस्रो स्थानमा पुग्यो/ लिगको उपाधिका लागि शीर्ष स्थानमा रहेका आर्मी र मच्छिन्द्र शनिबार भिड्ने ।

Advertisement

र,
१५.(कसरी उपचार गर्नु ?)
चीनमा कोरोना संक्रमितको उपचारमा खटिरहने स्वास्थ्यकर्मी नै भाइरसबाट संक्रमित /शुक्रबार १ हजार ७ सय १६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको पुष्टि / ६ जना स्वास्थ्यकर्मीसहित मृत्यु हुनेको संख्या करिव १५ सय पुग्यो ।

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top