३ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
यसअघि शुक्रबार नै प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तय भएपनि राष्ट्रियसभाका बहालवाला सांसद्को निधन भएपछि स्थगित गरिएको थियो ।
ओलीले नेतृत्व गरेको वर्तमान सरकारले आजबाट दुई वर्ष पूरा गरेको छ । सम्बोधनको क्रममा ओलीले समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने जनाईएको छ ।